१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ १९ बिहीबार १२:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार १२:२२:oo

अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीनजनाको मृत्यु भएको छ। बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

सो हमलामा परी तीन व्यक्तिको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन्। सो अस्पतालको नाताली मेडिकल भवनमा एक व्यक्तिले गोली चलाएका थिए। सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा बुधबार गोली चलेको तुल्सा प्रहरी विभागले जनाएको छ। विभागका अनुसार गोली चलाउने व्यक्तिको पनि ज्यान गएको छ।

केही दिनअघि मात्र पनि अमेरिकाको टेक्सास राज्यको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परेर २१ जनाको ज्यान गएको थियो। रासस/सिन्ह्वा