१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
२०७९ जेठ १९ बिहीबार १०:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा जुवातास खेल्दै गर्दा ८४ हजारभन्दा बढी नगदसहित आठजना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ जेठ १९ बिहीबार १०:०१:००

प्रहरीले जुवातास खेलिरहेका आठजनालाई रंगेहात पक्राउ गरेको छ । उनीहरूको साथबाट ८४ हजार ६ सय ५० रुपैयाँ नगद र दुई सय १४ पत्ती ताससमेत प्रहरीले बरामत गरेको छ । 

पोखरा महानगरपालिका– ४ चिप्लेढुंगास्थित सान्नानी दोहोरी घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । सो घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा परिचालन गरिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा पोखरा– १ बगर बस्ने ४२ वर्षीय अमृत गुरुङ, पोखरा– १६ बाटुलेचौर बस्ने ४० वर्षीय दिलीप गायक, वालिङ नगरपालिका– ३ स्याङ्जा घर भई हाल पोखरा– १५ नयाँगाउँ बस्ने २४ वर्षीय दीपक गुरुङ, वालिङ– ३ घर भई हाल पोखरा– १५ रामबजार बस्ने २८ वर्षीय निमप्रसाद गुरुङ, वालिङ– ४ घर भई हाल पोखरा– २६ बुढीबजार बस्ने ४३ वर्षीय मुक्तिमान गुरुङ, वालिङ– ३ घर भई हाल पोखरा– ४ सिद्धार्थचोक बस्ने  ३० वर्षीय चित्रबहादुर गुरुङ, पर्वत कुश्मा नगरपालिका– १३ घर भई हाल पोखरा– ४ चिप्लेढुंगा बस्ने ४३ वर्षीय जय परियार र तनहुँ शुक्लागण्डकी– २ घर भई हाल पोखरा– ८ बस्ने  ३८ वर्षीय गगनसिंह गुरुङ रहेको तिवारीले जानकारी दिए ।

पक्राउ पर्नेहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तिवारीले  जानकारी दिए ।