Skip This
देउवाले बालेनलाई बधाई दिँदै भने– महानगरको काममा सरकार र कांग्रेसको साथ छ  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १८ बुधबार
  • Saturday, 27 July, 2024
तस्बिरः प्रधानमन्त्रीको सचिवालय
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १८ बुधबार १८:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाले बालेनलाई बधाई दिँदै भने– महानगरको काममा सरकार र कांग्रेसको साथ छ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १८ बुधबार १८:२o:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।

देउवाको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्रीले महानगरको काममा सरकार र कांग्रेसको साथ र सहयोग रहने बताएका छन् । 

शाहले आफू महानगरमा कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । भेटमा प्रधानमन्त्रीले महानगरको मेयरमा विजयी भएकोमा शाहलाई बधाई दिएका थिए।