१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १८ बुधबार
  • Saturday, 05 July, 2025
शिवहरि घिमिरे काठमाडाैं
भवानीश्वर गौतम काठमाडाैं
२o७९ जेठ १८ बुधबार o५:५९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिकित्सा शिक्षा झनै महँगो : साढे तीन प्रतिशत शुल्क वृद्धि, एमबिबिएसको शुल्क डेढ लाख बढाइयो

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १८ बुधबार o५:५९:oo

सरकारले चिकित्सा शिक्षामा शुल्क बढाएको छ । मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले यसै वर्षदेखि लागू हुने गरी शुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार चिकित्सा शिक्षा शुल्कमा ३.६ प्रतिशतले वृद्धि गरिएको छ ।

महँगीलगायत अन्य क्षेत्रमा भएको मूल्यवृद्धिका आधारमा चिकित्सा शिक्षामा पनि शुल्क वृद्धि गरिएको उनको भनाइ छ । ‘गत वर्षदेखिको मुद्रास्फीति र अन्य महँगीलाई आधार मानेर शुल्क वृद्धि भएको हो,’ पोखरेलले भने, ‘सबै क्षेत्रका प्रतिनिधिको उपस्थितिमा शुल्क निर्धारण भएको हो ।’ 

वृद्धि भएको शुल्कअनुसार चालू शैक्षिक सत्रमा उपत्यकाभित्र एमबिबिएसका लागि ४१ लाख ६८ हजार ८७ रुपैयाँ तोकिएको छ । त्यस्तै, उपत्यकाबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययन शुल्क ४५ लाख ९५ हजार पुर्‍याइएको छ । 

यसअघि शैक्षिक सत्र ०७७/७८ मा उपत्यकाभित्रका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४० लाख २३ हजार रकम तोकिएको थियो भने उपत्यकाबाहिरका कलेजमा ४४ लाख ३६ हजार थियो । 

केमा कति शुल्क तोकियो ?

आयोगका अनुसार बिडिएसतर्फ पनि शुल्क वृद्धि भएको छ । यसअघि २० लाख १९ हजार रहेको बिडिएस अध्ययन शुल्क २० लाख ९२ हजार दुई सय ८४ पुर्‍याइएको छ । त्यस्तै, बिएस्सी नर्सिङतर्फको शुल्क १० लाख ३६ हजार पुर्‍याइएको छ । बिएस्सी एमआइटी, बिपिटी, बिएस्सी, एमएलटी, मेडिकल माइक्रोबायोलोजीलगायतको शुल्क सात लाख ७७ हजार निर्धारण गरिएको छ ।

बिएएमएसतर्फ ११ लाख ३१ हजार नौ सय ३३, बिएनएस एन्ड पिबिएको........    लाख १८ हजार, एमडिएस क्लिनिकलको २३ लाख ८१ हजार सात सय ६४, एमडिएस बेसिक साइन्सको    १० लाख ८५ हजार आठ सय ६७, बिओपिटिएम, बिएएसएलएपीलगायतको शुल्क    सात लाख ७७ हजार तोकिएको छ । 

त्यस्तै, एमडी, एमएस क्लिनिकल अध्ययनको    २३ लाख ८१ हजार सात सय ६४, एमडी, एमएसको    १० लाख ८५ हजार आठ सय ६७, एमडी आयुर्वेदको    नौ लाख ५७ हजार ६ सय ४२, एमएन, एमएस्सी नर्सिङ, एमपिएचक नौ लाख २० हजार, एमएस्सी बेसिक साइन्सको सात लाख ५७ हजार आठ सय ३४, एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार र डिएम, एमएचसीको २५ लाख ९० हजार पुर्‍याइएको छ ।