Skip This
ललितपुरका  चार क्षेत्र धूम्रपान निषेधित बनाइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ललितपुरका  चार क्षेत्र धूम्रपान निषेधित बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:३३:oo

पाटन दरबार स्क्वायर, जावलाखेल पार्क, लगनखेल र ललितपुर महानगरपालिकाको पुल्चोक क्षेत्रमा धूम्रपान गर्न नदिइने

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि महानगरले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । विश्व सूर्तीजन्य पदार्थरहित दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ललितपुर महानगरले आवश्यक बजेट छुट्याउने बताए । 

हाल ललितपुरको चारवटा क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिने उनले जानकारी दिए । महर्जनका अनुसार सुरुवातमा पाटन दरबार स्क्वायर, जावलाखेल पार्क, लगनखेल र महानगरको पुल्चोक क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिनेछ । यसका लागि नगर प्रहरीले प्रत्येक व्यक्तिको घरघरमा गएर बुझाउनेछन् । 

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले १५ दिनभित्र विद्यालयछेउछाउमा सूर्तीजन्य पदार्थ बेच्न नदिने बताए । कानुनले भनेका कुरा कार्यान्वयन गर्ने बताउँदै उनले विद्यालयआसपासमा सूर्तिजन्य पदार्थको बिक्री वितरण रोक्ने उल्लेख गरे । उनले सुर्तीजन्य पदार्थको सेवनलाई सहज गरेर लागुऔषध नियन्त्रणमा कडाइ गर्नुपर्ने अवस्थासमेत आएको बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले ७५३ वटै स्थानीय तहसँग नसर्ने रोगको नियन्त्रणका कार्यक्रम गर्न समन्वय गरिएको बताए । भीमदत्त नगरपालिका, बारा निजगढ नगरपालिका, बर्दिया नगरपालिकालगायतका प्रमुख, प्रशासकीय अधिकृतसँग छलफलसमेत गरिएको उनले जानकारी दिए । 

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले  खिल्ली चुरोटको बिक्री वितरण र प्रयोगमा रोक लगाउन आग्रह गरे । खिल्ली चुरोटको बिक्री वितरणमा रोक लगाए मात्र किशोरकिशोरीलाई केही हदसम्म बचाउन सकिने उनले बताए ।

ad
ad