
सरकारले बजेटमार्फत रातो कर आन्दोलनलाई सम्बोधन गरेको छ। सरकारले बजेट वक्तव्यमार्फत स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुटको घोषणा गरेको हो।
‘स्यानिटरी प्याड आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ,’ बजेटमा भनिएको छ। स्वदेशी कम्पनीका लागि भने एक प्रतिशत भन्सार लाग्ने बताइएको छ।