मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १३ शुक्रबार १७:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको नीति तथा कार्यक्रम मन्त्री र सांसदको चुनावलक्षित कार्यक्रम मात्रै : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार १७:३५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद लिङदेनले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर गरे ।

उनले शैक्षिक सत्र सुुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद् भएको बताए । सांसद लिङदेनले देशको अहिलेको प्राथमिकतालाई निर्वाचनमुखी कार्यक्रमको संज्ञा दिए ।