१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार २२:१३:००
Read Time : < 1 मिनेट
समाचार

प्रेस काउन्सिलद्वारा प्रस्तुत कुनै माग नरोकिने :  सञ्चारमन्त्री बाँस्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार २२:१३:००

प्रेस काउन्सिल नेपालको वार्षिक समीक्षा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नियम कानुनसम्बन्धित प्रस्ताव नरोकिने बताएका छन् । उनले काउन्सिलकाे स्वर्णजयन्ती भएकाे हुँदा भव्यतापूर्व सम्पन्न गर्न मिडियासम्बन्धी उपलब्धिमुलक कार्यक्रम हप्ता दिनभित्र बनाएर सरकारसमक्ष पठाउन आग्रह गरे । 

बैठकमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलकाे चुनौती चिर्दै प्रभावकारी ढंगले अगाडि बढ्नु पर्ने बताए । उनले तयार भएका ऐन, विनियमावली, निर्देशिकाहरू यथाशीघ्र स्वीकृत हुनुपर्ने, पत्रकार आचारसंहिता कार्यान्वयनमा  आइपरेका समस्या, समाधानका उपाय र सरकारबाट गरिएको अपेक्षाबारे बुँदागत धारणा राखे । 

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गरेका थिए । उनले काउन्सिलको भौतिक सम्पत्ति, आर्थिक वर्ष २०७५/७६ को नीतिगत, कानुनी पक्ष, पछिल्लो दुई वर्षमा भएका महत्वपूर्ण उपलब्धी, आगामी सोच तथा कार्यक्रमबारे जानकारी गराएका थिए । विभागीय मन्त्रीद्वारा काउन्सिल बोर्डसँग गरिएको यसखाले छलफल २१ वर्षपछिको पहिलो हो । यसअघि २०५५ सालमा तालुकवाला मन्त्रालयबाट तत्कालीन सञ्चार राज्यमन्त्री रकम चेम्जोङ्ग बोर्ड बैठकमा उपस्थित भई काउन्सिल र सरकारबीचको सहयोग र सम्बन्धबारे छलफल भएको थियो ।
 
कार्यक्रममा बोर्ड सदस्यहरू गोविन्द आचार्य, गोविन्द चौंलागाई, शुभेच्छाबिन्दु तुलाधर, संगीता खड्कालगायत कर्मचारीहरूको सहभागिता थियो । समीक्षा बैठकपश्चात मन्त्रीले साहित्यिक पत्रकारहरूको टोलीसँग भएको छलफलमा त्यस क्षेत्रका समस्याहरूलाई मन्त्रालयले समाधान गर्न पहल गर्नुपर्ने धारणा राखेका थिए ।