मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १२ बिहीबार १७:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा माइतिघरमा विरोध प्रदर्शन 

Read Time : < 1 मिनेट
२०७९ जेठ १२ बिहीबार १७:५४:००

सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरूले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । 

विरोध प्रदर्शनमा ‘हामीलाई न्याय चाहिन्छ’, ‘महिलालाई सम्मान गरौँ’, ‘हामीलाई न्याय चाहिन्छ’ लगायतका नारा लगाएका थिए ।  विद्यार्थीहरूले यौन दुर्व्यवहार गर्ने शिक्षाकलाई तत्काल कारबाही गर्न माग गरेका छन् । विरोध प्रदर्शनमा बोल्दै आन्दोलनरत विद्यार्थी प्रशंसा रायमाझीले गत तीन महिनादेखि विद्यार्थीलाई एक शिक्षकले अफिसमा बोलाएर यौन दुर्व्यवहार गरेको बताइन् ।

विद्यार्थीहरूले महिला विद्यार्थीमाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही दिनदेखि प्रदर्शन गरिरहेका छन्  ।