१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ९ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ९ सोमबार १६:o८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एन्फा अध्यक्षमा कर्माको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ९ सोमबार १६:o८:oo

आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शेर्पाले उम्मेदवारी घोषणा गरेका हुन्। शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा र रत्नकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।

यसैगरी, सदस्यमा दीपक थापा, प्रवीण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणिराज विष्ट र मनीष जोशीले उम्मेदवारी घोषणा गरेका छन्। महिला सदस्यमा भने उम्मेदवारी दिन बाँकी छ।

यसअघि वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष र वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। निर्वाचनमा जिल्ला, संघ र क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले सहभागिता जनाउँदै छन्।

एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने बी डिभिजनबाट ११ क्लब, चार संघ, राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौ क्लबसँग मताधिकार रहेको छ।