१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ९ सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ९ सोमबार १५:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग कांग्रेस नेता महरको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ९ सोमबार १५:oo:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन्। उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिनायता अस्वाभाविक मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेका बताए।

सरकारले आइतबार रातिदेखि लागू हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गरिनुपर्ने उनको माग छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि वृद्धि हुने भएकाले राज्य कल्याणकारी बन्नुपर्ने उनले बताए।

‘सरकारको काम व्यापार गरेर नाफा खाने मात्र होइन। समस्यामा परेका वेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनु पनि हो। पेट्रोलियम पदार्थमा लगाइएको ट्याक्स मात्रै खारेज गर्न सके अकासिएको मूल्यवृद्धिमा स्वतः गिरावट आउने छ,’ नेता महरले भने।

विदेशमा मूल्य बढेर आयो भन्दै नेपालमा पटकपटक मूल्य वृद्धि गर्नु मात्रै समस्याको समाधान नहुने उनले बताए। अहिले बजारको मूल्यवृद्धि रोक्न नसके कालान्तरमा व्यापारीले चलखेल गर्न सक्ने अवस्था आउने र उपभोक्ता थप मारमा पर्ने जोखिम रहेकाले थप चनाखो बन्न उनले सरकारसँग आग्रह गरेका छन्।