Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ ९ सोमबार १०:४८:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मोरङका पालिकाहरूमा एमाले पहिलो, कांग्रेस र माओवादी दोस्रो तथा तेस्रो, जसपा शून्य  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ ९ सोमबार १०:४८:००

मोरङमा एमालेले सबैभन्दा धेरै पालिकामा जित सुनिश्चित गराएको छ । मोरङका १७ वटा पालिकामध्ये नौवटा पालिकामा एमालेले मेयर र उपमेयर दुवै पद जितेको छ । साथै एउटा पालिकामा मेयर र चारवटा पालिकामा उपमेयर जितेको छ । कांग्रेसले  तीनवटा पालिकामा मेयर र उपमेयर दुवै पद जितेको छ । चारवटामा मेयर मात्र र एउटामा उपमेयर मात्र जितेको छ । 

माओवादी केन्द्र एउटा पालिकामा मात्र उपमेयर  जित्न सफल भएको छ । जनता समाजवादीले मोरङमा एउटा पनि पालिकामा जित सुनिश्चित गराउन सकेन । एमालेले उर्लाबारी, पथरी–शनिश्चरे, सुन्दरहरैँचा, रंगेली, लेटाङ र सुनबर्सी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । बेलवारी नगरपालिकामा प्रमुख पद जितेको छ । केराबारी र कानेपोखरी  गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । रतुवामाई नगरपालिका र विराटनगर महानगरपालिकामा उपप्रमुख अनि  ग्रामथान र  कटहरी गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ । 
   
कांग्रेसले जहदा, धनपाल र बुढीगंगा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ । विराटनगर महानगरपालिका  र रतुवामाई नगरपालिकामा प्रमुख अनि कटहरी, ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष पद जित्न सफल भएको छ । बेलवारी नगरपालिकामा उपप्रमुख पनि कांग्रेसले जितेको छ । माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिकामा मात्र उपाध्यक्ष पद जित्न सकेको छ । 

पूर्ण र आंशिक गठबन्धन  
मोरङमा विराटनगर महानगरमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको गठबन्धनबाट प्रमुख र उपप्रमुख उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेका थिए  । उपप्रमुखका उम्मेदवार भने विराटनगरमा पराजित भए । पथरी–शनिश्चरे र उर्लाबारी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । यहाँ दुवै पदमा एमालेले जित निकाल्यो ।  रतुवामाई र सुन्दरहरैँचा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल थियो । रतुवामाई नगरपालिका प्रमुख कांग्रेसले जित्न सफल भए पनि उपप्रमुखमा माओवादीले हार व्यहार्नुपर्‍यो ।  सुन्दरहरैँचामा दुवै पद एमालेले जित्यो । तालमेल भएको  मिक्लाजुङ गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले जित्यो ।