१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार ११:५९:००
Read Time : < 1 मिनेट
खेलकुद

बक्सर डेओन्टय : जिएनएको कभर पेजमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार ११:५९:००

डब्लुबिसी हेभिवेट विश्व च्याम्पियन डेओन्टय विल्डर लगातार चार वर्षदेखि एक फेसन डिजाइनर टेली स्विफ्टसँग बस्दै आएका छन् । यो जोडीले आफ्नो सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्नेबारे नबोले पनि उनीहरूका एक सन्तान छन् । उनीहरूकी एक महिनाकी छोरी छिन् । 

बक्सिङ क्षेत्रमा विल्डर र टेलीको सम्बन्ध खुवै प्रख्यात छ । यसै महिना यो जोडी एक कभर पेजमा देखियो । अमेरिकाको एक चर्चित म्यागेजिन जिएनजीले यसपटक कभर पेजका लागि विल्डर र टेलीलाई छानेको हो । यस म्यागेजिनक लागि दुवैले केही हट तथा आकर्षक फोटो सेसन पनि गराएका छन् । अहिले ती फोटा भाइरल बनिरहेका छन् ।

विल्डरका बढी फ्यान भएकाले कभर पेजका लागि दिइएको फोटोमा धेरै लाइक आएका छन् । सन् २०१५ मा एक टेलिभिजनको कार्यक्रममा दुवै सँगै गएका थिए । सोही टेलिभिजन कार्यक्रममा दुईबीच चिनजान भएको विश्वास गरिन्छ ।