१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ८ आइतबार १३:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारीसाधन नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७९ जेठ ८ आइतबार १३:१२:००

सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारीसाधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनअनुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारीसाधन नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चारपाङ्ग्रे सवारीसाधन र पर्वतको पैयुँ गाउँपालिकाको चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको हो।

आज पनि सार्वजनिक बिदा भएकाले अनुमतिविना सरकारी सवारीसाधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइने उनले बताए। शनिबार नियन्त्रणमा लिइएका सरकारी सवारीसाधन आज सार्वजनिक बिदा भएकाले सोमबार मात्रै आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता गरिने उनले जानकारी दिए।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भई यही जेठ १ गतेदेखि लागू भइसकेकाले सार्वजनिक बिदाका दिनमा प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारीसाधन सञ्चालन नगर्न–नगराउन अनुरोध गरिएको छ। रासस