मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ७ शनिबार
  • Friday, 11 July, 2025
२o७९ जेठ ७ शनिबार o९:४६:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

३० वर्षपछि हेटौँडामा गुम्यो एमालेको वर्चस्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ७ शनिबार o९:४६:oo

मीनाकुमारी लामा बनिन् हेटौँडा उपमहानगरको पहिलो महिला मेयर

३० वर्षपछि हेटौँडामा एमालेको वर्चस्व गुमेको छ । ०४९ देखि हरेक स्थानीय तह निर्वाचनमा जित्दै आएको एमालेले हेटौँडालाई आफ्नो 'गढ' भन्ने गरेको थियो । तर, यसपटक गठबन्धनले एमालेको 'गढ' भत्काएको छ । ०४९, ०५४ र ०७४ मा मेयर र उपमेयर दुवै पद जितेको एमालेले यसपालि दुवै गुमायो । 

०४९ मा एमालेबाट डोरमणि पौडेल मेयर र हरिबहादुर महत उपमेयर बनेका थिए । ०५४ मा पनि उनीहरू नै दोहोरिए । ०७४ मा महत मेयरमा निर्वाचित भएका थिए भने मीनाकुमारी लामा उपमेयर बनेकी थिइन् । 

एमाले फुटेपछि समाजवादीमा लागेकी मीनाकुमारी लामाले गठबन्धनबाट मेयरको टिकट पाइन् र एमाले उम्मेदवारलाई पराजित गरिन् ।  लामाले एमाले उम्मेदवार अनन्त पौडेललाई दुई हजार एक सय ६७ मतान्तरले पराजित गरेकी छिन् । 

उनले २३ हजार ७५ मत ल्याउँदा पौडेललाई २० हजार नौ सय आठ मत आएको छ । लामा हेटौँडा उपमहानगरको पहिलो महिला मेयर बनेकी छिन् । उनी ०७४ मा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् । 

हेटौँडाको उपमेयरमा पनि गठबन्धनबाटै उम्मेदवारी दिएका कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उनले एमालेकी सुमित्रा काफ्लेलाई आठ हजार ६ सय ८७ मतान्तरले हराएका हुन् । काफ्लेले २३ हजार नौ सय ६ मत ल्याउँदा बानियाँले ३२ हजार पाँच सय ९३ ल्याएका छन् ।