१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ६ शुक्रबार १७:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पश्चिमा मोडेलले नेपालको आर्थिक विकास हुँदैन : सम्मानित नेता खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ६ शुक्रबार १७:५२:००

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पश्चिमा मुलुकहरूको मोडेलबाट नेपालको आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताए।

सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकको आर्थिक विकासका लागि कृषि र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउन सुझाव दिए।

‘पश्चिमाहरूले आफ्नो मोडेल सिकाउने गरेका छन्। ती मोडेलहरू हाम्रो देशका लागि काम लाग्ने छैनन्। काम लाग्ने कुराहरू मात्रै हामीले सिक्नुपर्दछ। हाम्रो दशको आर्थिक स्थितिमा आधारित मोडेल विकास गरेर मात्रै मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सकिन्छ,’ उनले भने।