१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ६ शुक्रबार १६:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १५ अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १६:४४:oo

पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १५.८२ अंकले घटेर दुई हजार २३५.०९ बिन्दुमा झरेको छ। आज सेन्सेटिभ इन्डेक्स २.४७,  फ्लोट इन्डेक्स ०.९२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६३ अंकले गिरावट आएको छ।

कारोबारमा आएका २२३ कम्पनीका २५ लाख १७ हजार कित्ता सेयर ९२ करोड ९४ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। बिहीबारको तुलनामा आज कारोबार रकम र अंक दुवैमा गिरावट आएको छ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ।  अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।