मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ६ शुक्रबार १४:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उजुरीको हदम्यादका कारण बलात्कारीले उन्मुक्ति नपाउन् : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १४:१८:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्था हटाउन माग गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था आउन नहुनेमा जोड दिएका छन्।

बलात्कारजस्ता अपराधमा उजुरीका लागी समयसीमाको हदम्याद तोकिन नहुने उल्लेख गरेका छन्।

पौडेलले ट्विटरमा लेखेका छन्, ‘मुलुकी अपराधसंहिता २०७४, बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ। पीडितहरू प्रताडनाबाट गुज्रने गरेको पाइएको छ। बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था छ। यस्ता अपराधमा समयसीमाको हदम्याद तोकिनुहुन्न।’

केही दिनअघि मात्रै एक किशोरीले सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट बलात्कारमा परेको घटना सार्वजनिक गरेपछि बलात्कारका मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्थाको चर्को विरोध भइरहेको छ।