
स्थानीय तह निर्वाचनमा प्रमुख पदबाट पार्टीले हार व्यहाेर्नुपरेको भन्दै एमाले जिल्ला कमिटी सचिव डबलबहादुर रोकायाले शुक्रबार दिउँसो पदबाट राजीनामा दिएका छन्।
जिल्लास्तरमा एमाले संगठन राम्रो र बलियो हुँदाहुँदै पनि सरकारमा रहेका दलहरूको अवैध गठबन्धनका कारण एमालेले मुगुका चार स्थानीय तहमा एक उपाध्यक्षबाहेक अन्य प्रमुख पदमा नराम्रोसँग पराजय भोग्नुपरेको भन्दै रोकायाले पदबाट राजीनामा दिएका हुन्।
पार्टीमा अराजक, अस्थिरता, व्यक्तिवाद र स्वच्छेच्छाचारितालाई निरुत्साहित गर्न र पार्टी संगठनलाई थप प्रभावकारी, गतिशील, ऊर्जाशील बनाउन आफूले राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सार्वजनिक गरेको राजीनामापत्रमा उल्लेख छ।