Skip This
ad
नेपालले गुमायो  युगान्डाविरुद्धको सिरिज 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:११:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालले गुमायो  युगान्डाविरुद्धको सिरिज 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:११:oo

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले युगान्डाविरुद्धको पाँच अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो खेलमा ६ विकेटले पराजित भएसँगै नेपालले सिरिज गुमाएको हो ।

तेस्रा खेलमा जित निकाल्दा नेपालसमक्ष सिरिजमा फर्किने अवसर थियो । युगान्डाले एकपक्षीय जित निकाल्दा नेपालको सिरिजमा ‘कम ब्याक’ गर्ने सबै सम्भावना सकियो । युगान्डा अहिले ३–० ले अगाडि छ । 

पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा ९९ रनको मध्यम योगफल खडा गर्‍यो । प्रत्युत्तरमा युगान्डाले १८.२ ओभरमा चार विकेटको नोक्सानीमा एक सय एक रन जोड्दै सानदार जित निकाल्यो । युगान्डाले इनिङ्स सकिन १० बलअघि जित निकालेको हो । लक्ष्य पछ्याएको इनिङ्समा युगान्डाको कमजोर सुरुवात थियो । युगान्डाले २.१ ओभरमा ओपनर लिओन (५) लाई गुमाएको थियो । 

नेपालका सात खेलाडीले दोहोरो रनसमेत बनाउन सकेनन् । सरिता मगर र कविता कुँवरले खाता नै खोल्न पाएनन् । नेपालको ब्याटिङ इनिङ्समा दोस्रो विकेटबीच साझेदारी राम्रो भयो। 

केभिन अविनो र जानेट एम्बावाजीबीच दोस्रो विकेटका लागि ६७ रनको साझेदारी भएपछि युगान्डाले सहज लक्ष्य पछ्याउने छाँटकाँट देखायो । यी दुवै ब्याट्सम्यानले २.१ देखि १३.६ ओभरसम्म ब्याटिङ गर्दै खेल युगान्डाको पक्षमा ल्याएका थिए । एम्बावाजीलाई इन्दु बर्माले ‘क्लिन बोल्ड’ गरिन् । एम्बावाजीले ३९ बलमा समान एक चौका र छक्का प्रहार गरी २७ रनको योगदान दिइन् । 

केभिनले रिता मुसामालीसँग तेस्रो विकेटका लागि १६ रनको साझेदारी गरी युगान्डालाई १६.५ ओभरमा ९२–३ को बलियो अवस्थामा पु¥याइन् । अन्तिमसम्म आउट नभएकी केभिनले ५१ बलमा चार चौकाको सहयोगमा ४२ रनको योगदान दिइन् । उनी खेलकी ‘म्यान अफ द म्याच’समेत भइन् । छैटौँ क्रमकी खेलाडी फिआना कुलुमेले दुई बल सामना गरी चार रन बनाइन् ।

बलिङ क्रममा कविता कुँवरले तीन ओभरमा २२ रन खर्चेर दुई विकेट हात पारिन् । इन्दुले १३ रनमा एक विकेट लिइन् । कप्तान रुविना क्षेत्रीले चार ओभरमा १५ रन दिँदै एक विकेट हात पारिन् । नेपालले १३ अतिरिक्त रन दिएको थियो । नेपालले सात बलर प्रयोग गरेको थियो । 

१८.२ ओभरमा युगान्डाले स्कोर बोर्डमा सय रन कटायो । इनिङ्सको ८.३ ओभरमा वर्षा हुँदा खेल केही समयका लागि रोकिएको थियो । यसवेला युगान्डाले ४७–१ को प्रदर्शन गरेको थियो । युगान्डाले पहिलो ‘पावर प्ले’मा ३६ रन बनाएको थियो । युगान्डाले इनिङ्सको ५६ बलमा ५० रन पूरा गरेको थियो । 

यसअघि ब्याटिङ गरेको नेपालले इनिङ्सको कुनै पनि समयमा युगान्डालाई चुनौती प्रस्तुत गर्न सकेन । निरन्तर रूपमा विकेट गुमाउँदा नेपालले स्कोर बोर्डमा कम योगफल खडा गरेको हो । नेपालका लागि तीनजना ब्याट्सम्यानले मात्र दोहोरो रन कटाएका थिए । ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन् । उनले ५४ बलको सामना गरी पाँच चौका प्रहार गरिन् ।

सीता रानामगरले २५ बलमा एक चौकाको सहयोगमा १२ रन बनाइन् । कप्तान रुविनाले १५ बलमा दुई चौकाको मद्दतमा १८ रन बनाइन् । सात खेलाडीले दोहोरो रनसमेत बनाउन सकेनन् । सरिता मगर र कविता कुँवरले खाता नै खोल्न पाएनन् । नेपालको ब्याटिङ इनिङ्समा दोस्रो विकेटबीच साझेदारी राम्रो भयो । ज्योति र सीता रानामगरबीच २८ रनको साझेदारी भएको थियो । 

त्यसपछि ज्योतिले कप्तान रुविनासँग छैटौँ विकेटका लागि २४ रनको साझेदारी गरिन् । नेपालले पहिलो पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा ६९ रन बनाएको थियो । यसबाहेक अन्य कुनै पनि विकेटका लागि गतिलो साझेदारी हुन सकेन ।

नेपालले ‘पावर प्ले’मा केवल २२ रन बनायो । इनिङ्सको १० ओभरमा नेपालले स्कोर बोर्डमा दुई विकेट गुमाएर ३८ रन बनाएको थियो । १०.६ ओभरमा नेपालले ५० रन कटाएको थियो । बलिङमा युगान्डाकी फिआनाले २३ रन खर्चेर दुई विकेट लिइन् । कोन्सी अवेकोले २२ रनमा दुई विकेट हात पारिन् । 

ad
ad