मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ६ शुक्रबार ०८:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

उद्योगपति चौधरीलाई छिन्नलता गीत पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ६ शुक्रबार ०८:०६:००

कवि तथा गीतकारसमेत रहेका उद्योगपति वसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका छन् । गीतरचनाको विधातर्फको पुरस्कार तथा सम्मान गीतकार चौधरीलाई प्रदान गर्ने छिन्नलता गीत पुरस्कार गुठीले निर्णय गरेको हो । 

गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले २०७६, २०७७ र २०७८ सालका छिन्नलता गीत पुरस्कार तथा सम्मानका लागि विभिन्न साहित्यिक तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूको नाम छनोट गरेको जनाएको छ । २०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेको जनाइएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहान तथा विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई प्रदान गरिने गुठीले जनाएको छ । 

यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीतरचना विधामा जस योञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बा, लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ । २०७७ सालका लागि गीतरचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई, गायनतर्फ शम्भू राई, लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारलाई प्रदान गरिने गुठीले जनाएको छ ।