निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ५ बिहीबार १४:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्रको संरचनाका कारण पुँजीगत खर्च बढेन : डा. रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ५ बिहीबार १४:४०:००

नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले पुँजीगत खर्च नहुनुमा अर्थतन्त्रको संरचना कारक रहेकाे टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारे आफ्नो धारणा राख्दै उनले पुँजीगत खर्च नहुने प्रवृत्तिको अन्त्यका लागि सरोकारवाला एवं सांसद र अर्थ मन्त्रालयलगायतले सार्थक प्रयास गर्नुपर्ने बताए।

शोधानान्तर घाटामा परेको प्रभावलाई कम गर्न देशभित्रै खाद्य उत्पादनमा वृद्धि गर्नुपर्ने तथा उद्योग व्यवसायको प्रवर्द्धन, निजी–सार्वजनिक साझेदारीका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने बताए। उनले वर्तमान सरकारका कारण मात्रै अर्थतन्त्रमा समस्या नआएको भन्दै प्रतिपक्षमा पुगेको तत्कालीन एमाले नेतृत्वको सरकारका कारण वैदेशिक ऋणमा वृद्धि भएको तथ्य नभुल्न आग्रह गरे।

डा. रिजालले विश्वव्यापी रूपमा अर्थतन्त्रमा परेको दबाब र चापको प्रभाव अर्थतन्त्र र मुद्रास्फीतिमा परेको तथ्य पेस गरे। बजेट कार्यान्वयन क्षमता कमजोर रहेको भन्दै उनले स्रोत नभएको आयोजना कम्प्युटरमा गरिएको शिलान्यास, रेल तथा पानीजहाज, भ्युटावरजस्ता विषय ल्याएर गलत संस्कारको अभ्यास गरिएकाले पनि समस्या देखिएको स्पष्ट पारे।

आफ्नो समस्या अर्काको टाउकामा हालेर उम्कने प्रवृत्ति छाड्न उनले आग्रह गरे। डा. रिजालले सरसर्ती हेर्दा बजेटका प्राथमिकता राम्रो रहेको भन्दै सत्ता र प्रतिपक्ष दुवैले अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए। रासस