१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १४:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

दोधाराचाँदनी नगरपालिकाको प्रमुखमा एमालेका लिम्बू निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४१:oo

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका प्रमुखमा नेकपा एमालेका नेता किशोर लिम्बू निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मतपरिमाणअनुसार एमाले उम्मेदवार लिम्बूले नेपाली कांग्रेसका उम्मेदवार गोपाल भट्टलाई नाै सय ३३ मतको अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन्। 

लिम्बूले सात हजार एक सय चार र भट्टले ६ हजार एक सय ७१ मत ल्याएका थिए। यस्तैगरी, उपप्रमुखमा भने कांग्रेसकी गंगा जोशी निर्वाचित भएकी छिन्। जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी एमालेकी खिमा चन्दलाई पाँच सय ४३ मतको अन्तरले हराउँदै उपप्रमुखमा निर्वाचित भएकी छिन्। जोशीले ६ हजार तीन सय ६५ र चन्दले ५ हजार आठ सय २२ मत ल्याएकी थिइन्।

०७५ को चुनावमा एमालेबाट उपप्रमुख र कांग्रेसबाट प्रमुख जितेको उक्त पालिकामा ०७९ मा एमाले प्रमुख, उपप्रमुखमा कांग्रेसले जितेको छ। उक्त नगरपालिकामा ०४६ सालपछि एमाले पहिलोपटक नेतृत्वमा पुगेको हो। १० वडा रहेको उक्त पालिकामा एक–एक कांग्रेस, नेकपा माओवादी केन्द्र, दुई राप्रपा र ६ एमालेले जितेको छ।  ५२ पदका लागि दुई सय ५६ जना उम्मेदवार चुनावी मैदानमा थिए। 

ad
ad