
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा माओवादी र कांग्रेसको गठबन्धन सफल भएको छ । अध्यक्षमा माओवादीका रेशम स्याङ्बो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
स्याङ्बोले एमालेका जयबहादुर लामालाई एक हजार एक सय ५७ मतान्तरले पराजित गरे । स्याङ्बोले पाँच हजार पाँच सय ७२ र लामाले चार हजार चार सय १५ मत प्राप्त गरे ।
उपाध्यक्षका उम्मेदवार श्रेष्ठले चार हजार सात सय ६८ मत ल्याए । उनका प्रतिस्पर्धी एमालेकी सुनिता थापाले तीन हजार सात सय सात मत ल्याइन् । एमाले अध्यक्षका उम्मेदवार लामाले चुनावको केही दिनअघि कांग्रेस छोडेका थिए । ०७४ चुनावमा उनी एमालेका होमनारायण श्रेष्ठसँग पराजित भएका थिए ।