मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २ सोमबार १९:३१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सल्यानको त्रिवेणीमा माओवादी–समाजवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार १९:३१:००

सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावतले ३ हजार ३ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका डिल्ली केसीले २ हजार ९७ मत ल्याए । 

यस्तै, उपाध्यक्षमा कांग्रेसकी सीता खड्का पुन ३ हजार १ सय ८६ मत ल्याएर विजयी हुँदा उनी निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्रबहादुर थापाले २ हजार ३५ मत ल्याएका छन् । ६ वडा रहेको त्रिवेणी गाउँपालिकामा वडा न २ बाहेक सबै वडामा कांग्रेस निर्वाचित भएको छ । वडा न २ मा एमाले विजयी भएको छ ।