१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Monday, 01 July, 2024
२o७९ जेठ २ सोमबार १३:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

अछामको बान्नीगढीको अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १३:o४:oo

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा टेकबहादुर साउद तीन हजार एक सय १२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लोकबहादुर साउदले जम्मा दुई हजार ६ सय १४ मत पाए । उनीहरूबीचको मतान्तर चार सय ९८ छ । बान्नीगढी जयगढमा उपाध्यक्षमा भने एमालेबाट बिन्दु रावल विजयी भएकी छिन् । उनले दुई हजार  सात सय ३१ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी निर्मला साउद दुई हजार सात सय १७ मतमा पराजित भइन् । 

अध्यक्षमा विजयी टेकबहादुर र पराजित उम्मेदवार लोकबहादुर एउटै घरका दाजुभाइ हुन् । टेकबहादुर कांग्रेसका पूर्वपार्टी सचिव हुन् भने लोकबहादुर यसअघि माओवादी केन्द्रबाट गाउँपालिकाको उपाध्यक्ष थिए । उनी २०७९ सालको चुनाव घोषणापछि एमाले प्रवेश भएर गाउँपालिकाको अध्यक्षका रूपमा उम्मेदवार उठेका थिए । एउटै खलकका टेकबहादुर र लोकबहादुरका बुबाहरू दाजुभाइ हुन् । कांग्रेसले अछाममा यसअघि कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पनि जितिसकेको छ ।

ढकारीमा कांग्रेका प्रकाशबहादुर साउद अध्यक्ष र कांग्रेसकै नेत्रकला शाही उपाध्यक्षमा विजयी भएका थिए । कमलबजारमा कांग्रेसका यज्ञप्रसाद ढकाल नगरप्रमुखमा विजयी भए पनि यहाँ उपप्रमुखमा भने एमालेकी शारदा विष्ट (कुँवर)ले जितेकी छन् । दश स्थानीय तह रहेको अछाममा अहिलेसम्म अन्य कुनै पनि पालिकाको अन्तिम मतपरिणाम आएको छैन । 
 

ad
ad
ad
ad