प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । राति अबेरसम्म बैठक बसेकाले कुनै महत्त्वपूर्ण निर्णय गर्ने तयारी रहेको बताइएको छ ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी ओली कानुनमन्त्री र मुख्यसचिव लिएर राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए। साथै, नेपाली कांग्रेससँगको संयन्त्रमा पनि छलफल गरेका थिए। बैठकमा केही अध्यादेशबारे पनि छलफलको एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए।