गोसाइँकुण्ड गाउँपालिका– ३ मा एमालेकाे प्यानल नै विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ३ मा वडाध्यक्षसहित नेकपा एमालेकाे प्यानल नै विजयी भएको छ ।  एमालेका मिङमरछिरिङ तामाङले दुई सय ६० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका डुक्तार  तामाङले एक सय ६७ मत ल्याए । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ३ को वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सीता घले तामाङनी विजयी भएका छन् । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार