कमल गाउँपालिका– १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । झापामा पूर्ण गठबन्धन भएको एक मात्र पालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ ।
वडाध्यक्षमा कांग्रेसका केदार कटुवाल विजयी भए । उनले एक हजार सात सय ८६ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका श्यामबहादुर कार्कीले एक हजार ६३ मत ल्याए । अन्य चार सदस्य पनि कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धन नै अगाडि छ ।