मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ३१ शनिबार १३:४०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार १३:४०:००

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । ४०० मतगणना हुँदा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारूले १३७ मत पाएर अग्रता बढाएका छन् । नेकपा एमालेका श्याम खत्रीले ६८ मतसहित उनलाई पछ्याएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नवराज रावलले ५५ मत पाएका छन् । 

त्यसैगरी, उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकै उल्कादेवी विश्वकर्मा १२४ मतसहित अग्र स्थानमा छिन् । उपमेयरमा एमालेका उपमा केसीले ४१ र गठबन्धनका तर्फबाट माओवादीका  उम्मेदवार खडक शाहले ४० मत पाएका छन् । 

कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित निलम्बित सांसद रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी हालै गठन भएको थियो । थरुहट आन्दोलनका क्रममा २०७२ सालमा नौजनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा चौधरी आजीवन कैद सजाय भोगिरहेका छन् । टीकापुरसहित कैलालीको पूर्वी क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको बलियो प्रभाव देखिएको छ ।