मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख ३१ शनिबार ११:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छोराले गरे वृद्ध आमाबुबाको हत्या

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ११:१७:००

हिमाली जिल्ला ताप्लेजुङको फक्ताङ्लुङ ६ ललेपमा छोराले बिहीबार बेलुका बाबुआमाको हत्या गरेका छन् । लेलेपको गोटीछाँगा भन्ने ठाउमा २५ वर्षीय छोरा आइतराज लिम्बुले ७५ वर्षीय बुबा बृखबहादुर र उनकी आमा ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्याल प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले आइतराजले धारिलो हतियार प्रयोग गरि बुबाआमाको हत्या गरेको बताए । मादक पदार्थ सेवन गरेर झगडा गरी हत्या गरेको बताइएको छ ।

प्रहरी प्रशासनले हत्या गर्ने आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको छ । उनलाई वास्तविक के हो अनुसन्धान गरी आवश्यक कारबाही गरिने प्रहरीले बताएको छ । शवलाई पोस्टमार्टमाका लागि ताप्लेजुङ जिल्ला अस्पतालमा ल्याइँदै गरेको प्रहरीले बताएको छ ।