१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एमालेका लोकेन्द्रबहादुर घले
२०७९ बैशाख ३१ शनिबार ०६:१६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र घले  र उपाध्यक्षमा कांग्रेसकी  मिङमार लामा बिजयी 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ०६:१६:००

मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छ्न् ।  उनी यसअघिको ०७४ को निर्वाचनमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।  घलेले ३ सय २० मत ल्याएर बिजयी भए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका छिरिङ दोर्जे लामाले २ सय ७९ मत ल्याएर पराजित भएका छन् ।

 उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मार डोमा लामा ३ सय २५ मतले बिजयी भएकि छ्न् ।  उनकी प्रतिद्वन्दी  नेकपा एमालेकी आश कुमारी गुरुङ २ सय ७४ मत ल्याएर पराजित भएकि छन् । चामे गाउँपालिकामा ०७४ को स्थानीय तह चुनावमा पनि कांग्रेसले नै उपाध्यक्ष जितेको थियो  । 

चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात ८५ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।  यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् ।

वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत ल्याएका छन् । वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्दी एमालेका पाल्साङ लामाले ४० मत ल्याएका छन् ।