मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख ३० शुक्रबार १५:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिंकरमा मतदान सकियो, छांगरूमा सकिँदै

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार १५:५०:००

व्यास गाउँपालिका १ को तिंकरमा मतदान सकिएको छ । मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा भएको मतदानमा कुल १ सय ३६ मत खसेको हो । तिंकर मतदान केन्द्रमा ७३ जना पुरुष र ६३ जना महिलाले मतदानमा सहभागी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए ।

तिंकर मतदान केन्द्रमा १सय ११ पुरुष र १ सय २० महिला गरी २सय ३१ जना मतदाता रहेका थिए । वडा नम्बर १ कैलाशपति आधारभूत विद्यालय छांगरूमा मतदान अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म छांगरूमा २सय ९ जनाले मतदान गरेका छन् । यो केन्द्रमा ३ सय ७५ जना मतदाता छन् ।