हुम्लाको खार्पुनाथ गाउँपालिका–१, लालिको मालिका माध्यमिक विद्यालयमा गठबन्धन र एमाले कार्यकताबीच झडप भएको छ । मतदान प्रक्रियामा सहयोगी राख्ने विषयमा विवाद चर्किएपछि गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते भएका छन् ।
गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तथा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल रहेको छ । झडप भएसँगै तत्कालका लागि मतदान प्रक्रिया स्थगित भएको छ । हालसम्म यहाँ ४६० मत खसेको छ भने ४०० मत खस्न बाँकी छ ।