१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Wednesday, 02 July, 2025
तस्बिर : कञ्चनपुरको बेलडाँडी गाँउपालिका–३ सिद्धनाथ मावि खैरिघाटमा १०५ वर्षिया वृद्धा
मोहन विष्ट कञ्चनपुर
२o७९ बैशाख ३० शुक्रबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलडाँडीमा १०५ वर्षकी वृद्धाले गरिन् मतदान

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार १२:४८:oo

कञ्चनपुरको बेलडाँडीमा १ सय ५ वर्षकी एक वृद्धाले मतदान गरेकी छिन्। बेलडाँडी गाँउपालिका–३ खैरीघाटको सिद्धनाथ माविको मतदान केन्द्रमा १ सय ५ वर्षकी वृद्ध लालमती सिंहले मतदान गरेकी हुन्।

सिद्धनाथ मावि (ख) मतदान केन्दका अधिकृत विष्ना चौधरीले १०५ वर्षकी वृद्धाले पहिलो मतदान गरेको बताइन्। ‘यहाँ बिहान ७ः१० तिर आउनुभएको थियो, ‘उनले भने, ‘जेष्ठ नागरिक भएकाले पहिलो प्राथमिकतामा मतदानको व्यवस्था मिलाइएको थियो।’ सिंह खैरीघाटको बाग टोलमा बस्दै आएकी छिन्।

जीवनको उत्तरार्धमा सिंहले मतदान गर्न पाएकोमा खुसी व्यक्त गरिन्। बेलडाँडीमा १४ हजार ७३७ मतदाता रहेका छन्।