१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Saturday, 05 July, 2025
२o७९ बैशाख ३० शुक्रबार o७:३६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१० घन्टा हिँडेर अघिल्लै  दिन मतदान केन्द्रमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार o७:३६:oo

हुम्लाको ताजाँकोट गाउँपालिका– ३, मासपुरका मतदाता कैलाश आधारभूत विद्यालयमा राखिएको मतदान केन्द्र पुग्न पैदल हिँडेर १० घन्टा लाग्छ । शुक्रबार बिहान घरबाट निस्किएर समयमै पुग्न गाह्रो हुने भएपछि मासपुरका ४५ मतदाता बिहीबार नै मतदान केन्द्र पुगेका छन् । 

‘बिहान ६ बजे घरबाट हिँडेर अपराह्न ४ बजे हामी मतदान केन्द्र पुगेका छौँ,’ मासपुरका केशवबहादुर रोकायले भने, ‘पायक पर्ने ठाउँमा मतदान केन्द्र नहुँदा सास्ती खेप्नुपर्‍यो ।’ उपयुक्त ठाउँमा मतदान केन्द्रको माग गर्दै आए पनि आफूहरूको आवाज कसैले नसुनेको स्थानीयको गुनासो छ । ‘मतदान केन्द्र पुग्न नै एक दिन खर्चिनुपर्‍यो । आजै नहिँडे भोट हाल्ने समयभित्र पुग्न गाह्रो पर्छ,’ अर्का स्थानीय सुरबहादुर बुढाले भने । अब शुक्रबार मतदान गरेर शनिबार मात्रै घर फर्किने उनले बताए । 

केही वृद्धवृद्धालाई बोकेरै लगियो, १० ज्येष्ठ नागरिक मतदान अधिकारबाट वञ्चित हुँदै
७० वर्षीया भिरकला रोकाया, ६१ वर्षीय जोख्या बुढा र ६० वर्षीय गुरुचन्द बुढालाई आफन्तले बोकेरै मतदान केन्द्र पुर्‍याएका छन् । स्थानीय शिवबहादुर बुढाका अनुसार १० जना ज्येष्ठ नागरिक भने मतदान अधिकारबाट वञ्चित हुने भएका छन् । मतदान केन्द्र टाढा भएर भोट हाल्न नपाउने भएकोमा ९२ वर्षीय दलवीर रोकायले गुनासो गरे । ‘मलाई भोट हाल्ने इच्छा छ, तर केन्द्र टाढा भएकाले पुग्न सम्भव छैन,’ उनले भने, ‘०७४ को निर्वाचनमा पनि मताधिकार प्रयोग गर्न पाइनँ । गाउँकै बानादेव प्राथमिक विद्यालयमा भोट हाल्ने व्यवस्था गरिदिन आग्रह गरे पनि हाम्रा कुरा कसैले सुनेन ।’