१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २९ बिहीबार
  • Friday, 23 August, 2024
दीपक भट्ट रामेछाप
२o७९ बैशाख २९ बिहीबार ११:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोकुलगंगामा माओवादीका वडाध्यक्ष उम्मेदवारमाथि आक्रमण

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ बैशाख २९ बिहीबार ११:५४:oo

माओवादी केन्द्रको तर्फबाट गोकुलगंगा गाउँपालिका– ३ रस्नालुको वडाध्यक्षका उम्मेदवार बनेका यमबहादुर कार्की (भूपाल)माथि आक्रमण भएको छ। गएराति कार्कीसहित केही कार्यकर्ता घरनजिकै छिमेकीको घरमा छलफल गरिरहेको अवस्थामा नेकपा (एमाले)का कार्यकर्ताहरूले आक्रमण गरेका हुन्।

आक्रमणबाट कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गएराति नै काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ। घाइते कार्कीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

कार्कीसँगै माओवादी केन्द्रका कार्यकर्ताहरू रोशन कार्की, विक्रम कार्की र रुद्र भुजेल पनि सामान्य घाइते भएका छन्। स्थानीय निर्वाचनमा हार्ने निश्चित भएपछि एमाले आफ्ना नेता तथा कार्यकर्तामाथि सांघातिक आक्रमणमा उत्रिएको माओवादी केन्द्रबाट गोकुलगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेका विष्णु कार्कीले बताए।

मौन अवधिमा गाउँपालिकामा एमाले कार्यकर्ताहरू संगठित भएर रातभर हिँडेको र रस्नालुको सडकमा पार्किङ गरी राखिएका तीनवटा मोटरसाइकलसमेत तोडफोड गरेको बताइएको छ। दुवै घटनामा संलग्न रहेकाहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।