१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
 पूर्वीनाका काँकडभिट्टाबाट स्वदेश फर्कँदै नागरिक । तस्बिर : नयाँ पत्रिका 
२o८१ बैशाख २२ शनिबार o९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचनका लागि भारतसँगको सीमानाका बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o८:oo

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि भारतसँग जोडिएका झापाका सीमानाका बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार राति १२ बजेबाट ७२ घण्टाका लागि नाका बन्द गरेको हो । शुक्रबार राति १२ बजेसम्म आवतजावतसहितका सम्पूर्ण गतिविधि बन्द हुने झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

भारतको बिहार र पश्चिमबंगला राज्यको १४४.२ किलोमिटर खुला सीमा झापासँग जोडिएको छ । ‘किसनगन्ज जिल्लाको डिएमसँग अनलाइन मिटिङ भएको छ । दार्जिलिङ जिल्लाको डिएमलाई पत्र लेखेर जानकारी गराएका छौँ,’ प्रजिअ रिजालले भने, ‘ठूला नाकासँगै साना नाकामा आवतजावत बन्द गरिएको छ । सशस्त्र प्रहरीले भारतको एसएसबीसँग समन्वय गरेर नाकामा सुरक्षा दिनेछ ।’

झापामा दुई नगरपालिकासहित ६ स्थानीय तहसँग भारतको सीमा जोडिएको छ । त्यसमा पनि चारवटा मुख्य नाका छन् । काँकडभिट्टा, भद्रपुर, लसुना र गौरीगन्जमा सशस्त्र प्रहरीले गम्भीर भएर जनशक्ति खटाएको सशस्त्र प्रहरी बल दुई नम्बर गण, झापाका प्रवक्ता सशस्त्र  प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीले जानकारी दिए । उनले भारतीय एसएसबीसँग समन्वय भएको बताए । यसका लागि डिआइजी र डिएम तहको बैठकसमेत गरिएको बताए । भारतीय पक्षबाट पनि सुरक्षा व्यवस्थामा सहयोग गर्ने वचन पाएको बताए । झापामा सीमानाका हेर्न १८ वटा बिओपी र २८ वटा एफओपी छन् । बिओपी र एफओपीले सीमा कडाइ गर्ने भण्डारीले बताए ।

नाका बन्द हुने भएपछि मंगलबार दिउँसो नेपाल फर्कनेको संख्या बढेको थियो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले मंगलबार करिब दश हजार नागरिक नेपाल आएको बताए । भारतका विभिन्न ठाउँमा काम गर्न गएका नेपाली निर्वाचनमा भोट हाल्न स्वदेश आएको प्रहरी नायब उपरीक्षक महतोले बताए । ‘तीन दिनयता स्वदेश फर्कनेको चाप थियो । मंगलबार त झन् धेरै भिड थियो,’ उनले भने, ‘भारतका विभिन्न ठाउँमा काम गर्न गएका भोट खसाल्न आएको पाएको पाइयो ।’

यस्तै, झापामा मंगलबार रातिबाट मतपरिणाम नआएसम्म स्वच्छ, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन मदिराजन्य पदार्थको ओसारपसार, बिक्री–वितरण र सेवनसमेत निषेध गरिएको प्रजिअ रिजालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय झापाले मतदानस्थल र मतदान केन्द्रको सुरक्षामा पनि विशेष ध्यान दिएको जनाएको छ । झापामा दुई सय ८६ वटा मतदानस्थल रहेका छन् । त्यसमध्ये ५१ वटा अति संवेदनशील, एक सय ५३ वटा मतदानस्थल संवेदनशील र ८२ वटा मतदानस्थल सामान्य प्रकृतिको रहेको प्रजिअ रिजालले जानकारी दिए । त्यहीअनुसार सुरक्षा रणनीति अपनाइएको उनले बताए । 

ad
ad