१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २७ मंगलबार
  • Thursday, 03 July, 2025
२o७९ बैशाख २७ मंगलबार १५:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले एक क्विन्टल आलु हो, गठबन्धन पाँच तोलाको सुन : महामन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २७ मंगलबार १५:३८:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेभन्दा गठबन्धन दह्रो रहेको बताएका छन्। झापाको दमकमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेलाई एक क्विन्टलको आलु र गठबन्धनलाई एक तोला सुनसँग तुलना गरे।

‘केपी ओलीले पाँचवटा दल एक–एक किलोका ढक हुन्, एमाले आफैँमा क्विन्टल हो भनेर भन्नुभयो। म एउटा कुराचाहिँ मान्छु। नेकपा एमाले एक क्विन्टलको ढक नै हो। उहाँहरू क्विन्टल नै हो,’ उनले भने, ‘तर, हामी एक–एक किलाको ढक हाेइन। हामी एक–एक तोलाको ओजन मात्र पुग्ने अवस्थामा छौँ। तर, एक–एक तोला सुन गरी हामी पाँच तोला सुन हौँ। बजारमा पाँच तोला सुन र एक क्विन्टल आलुमा कुनको मूल्य बढी हुन्छ ?’ 

महामन्त्री शर्माले कांग्रेस कमजोर पार्टी नभएको दाबी गरे। ०७४ को स्थानीय तह निर्वाचनमा एमाले पहिलो दल र कांग्रेस दोस्रो भए पनि त्यति ठूलो फरक नभएको बताए। ‘एमालेले दुई सय ९३ वटा स्थानीय तहमा जितेर पहिलो हुँदा कांग्रेसले एक–दुई सयको फरक हाेइन, मात्र २७ वटा स्थानीय तहको फरकमा मात्र कम जितेर दोस्रो भएको हो। कांग्रेसले पनि दुई सय ६६ स्थानीय तहमा जितेको थियो,’ महामन्त्री शर्माले भने।

अहिले एमालेलाई पुराना तीन नेताको साथ नरहेको भन्दै शर्माले अघिल्लो चुनावको जस्तो एमाले नरहेको बताए। ‘त्यो वेलामा एमालेलाई तीन–तीनजना पूर्वप्रधानमन्त्रीको साथ थियो। झलनाथ खनाल र माधव नेपाल पनि साथमा थिए। पूर्वउपप्रधामन्त्री वामदेव गौतम पनि हुनुहुन्थ्यो। अहिले केपी ओली एकजना मात्र हुनुहुन्छ। त्यसवेलाको एमाले छैन।’