मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २७ मंगलबार ११:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफूसहित आफ्नो टिमलाई जिताउन नेता सिंहको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २७ मंगलबार ११:४७:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गरेका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उम्मेदवारहरूलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरे। ‘यो बहुदलअन्तर्गतको चुनाव हो’, उनले भने, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरूले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर  अगाडि जानुपर्छ ।’

चन्द्रागिरिमा सत्तागठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । मेयरमा कांग्रेसबाट घनश्याम गिरि र उपमेयरमा राष्ट्रिय जनमोर्चाबाट रोशन दानी उम्मेदवार छन् । सिंहले एक्लै जितेर मात्रै काम गर्न असहज हुने भएकाले टिम नै जिताउने गरी लाग्नुपर्नेसमेत बताए । ‘३० गते आफ्नो टिम, मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यलाई जिताउने गरी प्रचार–प्रसार गर्नुभयो भने राम्रो हुन्छ ।’

गठबन्धन किन भन्ने बुझ्न आवश्यक भएको भन्दै सिंहले नेपाली कांग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्नसमेत आग्रह गरे। ओलिले पटक–पटक संविधान र व्यवस्थामाथि प्रहार गरेकाले संविधान र व्यवस्था जोगाउन गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताए ।