१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जनयुद्धमा सहयोद्धा, चुनावमा प्रतिस्पर्धी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:५o:oo

ललितपुर महानगरपालिकाको उपमेयरका दुई उम्मेदवार बाबुराज बज्राचार्य र मञ्जली शाक्य कुनै समय एउटै राजनीतिक दलका सहयात्री थिए। जनयुद्धको समयदेखि नै नेकपा माओवादी केन्द्रमा रहेका उनीहरू अदालतले नेकपा एमाले र माओवादीको एकतालाई अमान्य भनेपछि भने दुई किनारा भए। बज्राचार्य माओवादी केन्द्रमा फर्के भने शाक्य एमालेमै रोकिइन्। 

एउटै ठाउँबाट एउटै पार्टीमा लामो समय समन्वय र सहकार्य गर्दै आएका उनीहरू अहिले फरक पार्टीबाट ललितपुरको उपमेयरका प्रतिस्पर्धी छन्। शाक्य एमालेबाट र बज्राचार्य माओवादी केन्द्रबाट ललितपुर महानगरको चुनावी मैदानमा छन्। कुनै समयमा दुई मित्रबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने देखिएको छ। ललितपुरमा कांग्रेसम, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धन छ।

त्यसो त राजनीतिक अनुभवको आधारमा शाक्यभन्दा बाज्रचार्य अग्रपंक्तिमा पर्छन्। उनले पाटन क्षेत्रका सांस्कृतिक सम्पदाहरूको लामो समय नेतृत्व गर्दै आइरहेका छन्। शाक्य २०५६ सालयता राजनीति गतिविधिमै छिन्। 

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दुवैले चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका छन्। यसअघि महानगरको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जितेको थियो। हाल महानगरको मेयरमा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार र गठबन्धनबाट कांग्रेसका चिरिबावु महर्जन उम्मेदवार बनेका छन्। 

उपमेयरका उम्मेदवार बनेका बज्राचार्य र शाक्य पाटनमा स्थानीयको घरदैलोमा केन्द्रित छन्। दुवैले आ–आफ्नो पक्षमा मत मागिरहेका छन्। गठबन्धनमा उम्मेदवार बज्राचार्यले सम्पदा संस्कृति, पर्यटन र विकास निर्माणका कामलाई एजेन्डा बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन् भने शाक्यले खानेपानीको सहज प्रबन्ध मिलाउने बताएकी छिन्। 

दुईमध्ये जसले जिते पनि उनीहरूले एकअर्कामा सहयोग गरेर अघि बढ्ने बताएका छन्। ‘चुनाव जितिन्छ भन्ने लागिरहेको छ, हारियो भने पनि जितेकोलाई सहयोग गर्छु,’ बज्राचार्यले भने। एमालेकी शाक्य पनि स्थानीयको घरदैलोमा पुग्न व्यस्त छिन्। उनले आफूले चुनाव जित्ने दाबी गरिरहेकी छिन्। ‘मैले चुनाव हार्छु जस्तो लाग्दैन, यदि हारेँ भने पनि जित्नेलाई सहयोग गर्छु,’ उनले भनिन्, ‘हामी एउटै ठाउँको बासिन्दा भएकोले पनि प्राय योजनाहरू उस्तै छन्।’ 

शाक्य हाल पार्टीको नगर कमिटी अध्यक्ष हुन्। उनी  ०५७/५८ मा माओवादीमा भूमिगत भएकी थिइन्। उनले क्रान्तिकारी माओवादी र नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै पार्टीमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्। उनी रामबहादुर थापासँगै एमालेमै बसिन्। उनको घर ललितपुर महानगरपालिका–१६ वडामा पर्छ। 

तुलसीलाल र सिद्धिलालका भाषणले राजनीतिमा लागेका थिए बज्राचार्य 
बज्राचार्य सानैदेखि राजनीतिक भाषण सुन्न रुचाउँथे । २०३६ सालको कुरा हो, त्यतिवेला उनी १२ वर्षका मात्रै थिए। सिद्धिलाल सिंह र तुलसीलाल अमात्यले पाटनको भीमसेन मन्दिरमा पुगेर भाषण गर्दै छन् भन्ने जानकारी पाए। दौडँदै उनी त्यहाँ पुगे। प्रहरीलाई झुक्याएर सिद्धिलाल र तुलसीलाल भीमसेन मन्दिरअगाडि आए। 

वरिपरि भएका सर्वसाधारणको अगाडि दुई मिनेट भाषण गरे। त्यसपछि गायब भइहाले। भिडलाई लखेट्न आएको प्रहरीले एकाएक लाठी हान्यो। त्यही लाठी खानेमा थिए पाटन बुःबहालकाबावुराज बज्राचार्य। तुलसीलाल अमात्य र सिद्धिलाल सिंहको भाषण सुन्न पुगेका बज्रचार्यलाई निल ठाम हुने गरी लाठी खानुपर्‍यो। त्यसको चोटले उनलाई राजनीति तान्यो। बज्राचार्य २०२४ सालमा पाटन बुःबहालमा जन्मिएका थिए। उनी १२ वर्षको उमेरदेखि नै बहुदलीय व्यवस्थाको लगि निलो झन्डा बोकेर हिँडेका थिए।
 

ad
ad