Skip This
श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Tuesday, 16 September, 2025
२o७९ बैशाख २६ सोमबार १७:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार १७:१८:oo

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्। श्रीलंकाको अर्थतन्त्रले संकट व्यहोरिरहँदा सरकारका विरुद्ध प्रदर्शन भइरहेको अवस्थामा राजपाक्षेले पदबाट राजीनामा दिएका हुन्।

प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबाय राजापाक्षेलाई पनि राजीनामाको दबाब दिइरहेका छन्। श्रीलंका सरकारले अहिले त्यहाँ संकटकाल लगाएको छ। राष्ट्रपति भवनमा गोटाबाया राजापाक्षेको नेतृत्वमा भएको बैठकमा महिन्दा राजापाक्षेलाई राजीनामा दिन अनुरोध गरिएको र उनले त्यो मानेको मिडिया रिपोर्टहरूमा उल्लेख छ। 

आफ्नो राजीनामाले देशको आर्थिक संकट टर्ने भए राजीनामा दिन तयार रहेको महिन्दा राजापाक्षेले बताउँदै आएका थिए। श्रीलंकमा खाद्यान्त, पेट्रोल र औषधीको कमी भइरहेको छ। स्वतन्त्रतापछि श्रीलंका अहिले सबैभन्दा ठूलो आर्थिक संकटबाट जुग्रिरहेको छ।