१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २६ सोमबार १४:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खल्तीबाट न्यायाधीश नियुक्त हुन दिँदैनौँ : कामु प्रधानन्यायाधीश कार्की 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २६ सोमबार १४:२४:००

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले पारदर्शी रूपमा न्यायाधीश नियुक्ति  गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसनद्वारा आयोजित ‘विधिको शासन र यसका चुनौती’ विषयक गोष्ठीमा बोल्दै कामु प्रधानन्यायधीश कार्कीले न्यायाधीश नियुक्ति गर्ने विषय चुनौतीपूर्ण रहेको र आफूहरू नै यसबारेमा सन्तुष्ट हुन नसकेको भन्दै खल्तीबाट न्यायाधीश नियुक्त हुन नदिने प्रतिबद्धता जनाएका हुन् । 

न्यायालयमा धेरै समस्या रहेको सर्वोच्च अदालत समस्याको जड र भण्डार रहेको भन्दै यसलाई सुधार्न आफू लाग्ने पनि उनले बताए । त्यसका लागि नेपाल बारसँग छलफल गरेर अगाडि बढ्ने उनको भनाइ थियो । ‘न्यायालय जनआस्थामा अडिएको हुन्छ। जनआस्थामा खलल आउन दिनुँहुँदैन। न्यायाधीश नियुक्ति जल्दोबल्दो छ, हामी आफैँ नियुक्तिमा सन्तुष्ट  छैनौँ। यो चुनौतीपूर्ण छ। हामीले सुधार गर्नुपर्छ। अब हामी गुणस्तर हेर्छौँ, खल्तीबाट अब न्यायाधीश नियुक्ति हुन दिनेछैनौँ,’ कामु प्रधानन्यायधीश कार्कीले भने ।  

उनले गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रिया निकै पारदर्शी भएको बताउँदै त्यसमा शंका नगर्न आग्रहसमेत गरे ।