१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मुख्य प्रशिक्षक र खेलाडीको विवाद छानबिन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:१६:oo

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न तीनसदस्यीय समिति गठन गरेको छ । ललितपुरस्थित एन्फाको मुख्यालयमा आइतबार बसेको कार्यसमितिको आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादको सत्यतथ्य छानबिन गर्न पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा तीनसदस्यीय समिति गठन गरेको हो । 

समितिमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका छन् । कमिटीलाई एन्फाले एक सातामा विवादको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउन भनेको छ । 

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय खेलाडीले मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत १३ वैशाखमा १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । क्याम्प छाडेका खेलाडीले होटेल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताइरीले पटक–पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन् । 

प्रशिक्षक अलमुताइरीले पनि क्याम छाडेका खेलाडीको स्थानमा नयाँ खेलाडीलाई स्थान दिँदै प्रशिक्षण गराइरहेका छन् ।

ad
ad