१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २५ आइतबार
  • Saturday, 05 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २५ आइतबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताले दिएको मतको सम्मान गर्छौँ : महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २५ आइतबार १४:१५:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन्। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका– २६ ले आइतबार आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको भन्दै उनले कांग्रेसलाई मत दिए जनताको मतको सम्मान गर्ने बताए। ‘नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपाकाे आफ्नै कमजोरी हो। पाँच वर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा सरकारले संसद् विघटन गरेर जनमतको अपमान गरेको छ। कांग्रेसलाई अवसर दिए जनताको मतको सम्मान गर्छ,’ उनले भने।

महामन्त्री थापाले ०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा समेत नेकपालाई जनताले अवसर दिए पनि काठमाडौंको विकासमा सोचेजस्तो काम गर्न नसकेको बताए। ‘पाँच वर्षमा काठमाडौं महानगरमा यो राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत नेकपा (एमाले)सँग छैन,’ उनले भने। उनले एकपटक कांग्रेसलाई अवसर दिनसमेत आमकाठमाडौंका मतदातासँग आग्रह गरे।

गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले कांग्रेसले काठमाडौं महानगरको टिकट महिलालाई दिएर आममहिलाको सम्मान गरेको बताउँदै काठमाडौंको विकासका लागि आफूलाई मतदान गर्न सबैलाई आग्रहसमेत गरिन्। रासस