निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २४ शनिबार ११:४९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २४ शनिबार ११:४९:००

आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा आसन्न  नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्यसचिब टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजना गरिएको कार्यक्रममा लोगो र मस्कट सार्वजनिक गरेका हुन् । 

लोगो र मस्कट खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । लोगो डिजाइन गरेका भोलानाथले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै मस्कट डिजाइन गरेवापत उनले २५ हजार नगद प्राप्त गरे ।  लोगो, मस्कट र नारा छनोटका लागि राखेपले एकेन्द्र कुँवरको संयोजकत्वमा कमिटि गठन गरेको थियो ।

सोही कार्यक्रममा सो खेलकुद प्रतियोगिताको  नारा समेत सार्वजनिक गरिएयो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा रहेको छ। नारा सुयोग्य राज काफ्लेले रचना गर्नु भएको थियो । नारा बनाउने काफ्लेलाई १० हजार प्रदान गरियो ।

सिंगो राष्ट्रलाई खेलकुदको माध्यामबाट एकतावद्ध बनाउने सन्देशसहित सो प्रतियोगिताको नारा, मस्कट र लोगो सार्वजनिक गरिएको भन्दै त्यसका डिजाईनकर्ताहरु सुयोग्यराज काफ्ले र  भोलानाथ पौडेललाई मन्त्री गहतराजले धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सो खेलकुद प्रतियोगिताका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको जानकारी दिए ।