मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २३ शुक्रबार १५:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोरोना महामारीका कारण एसियाली खेलकुद स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १५:३१:oo

चीनको हानझाउ सहरमा आयोजना हुने भनिएको १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

चीनमा हुने एसियाड आगामी भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको थियो। चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी र ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड खेल रोक्ने निर्णय भएको हो।

तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ। नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो। उक्त प्रतियोगिताका लागि नेपालले खेलाडी छनोटसमेत सुरु गरिसकेको छ। रासस