मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Sunday, 13 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २३ शुक्रबार १२:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनतासँग माफ नमागी पुनः मत माग्ने नैतिक आधार एमालेसँग छैन : महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १२:३५:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई भोट माग्ने नैतिक आधार नरहेको बताएका छन्। प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्।

गत पाँच वर्षमा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकले गरेको उपलब्धिबारे जानकारी गराउनुपर्ने पनि उनले बताए। ०७४ यताको पाँच वर्ष कम्युनिस्टले सरकार चलाएको र यो समय खेर फालेको थापाको आरोप छ। उनले कम्युनिस्ट नेता र पार्टीहरूले खेर फालेको पाँच वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताए।

‘यो पाँच वर्ष खेर गयो भन्ने हाम्रो आफ्नो ठम्याइ हो र जनताको बीचमा पनि पाँच वर्ष खेर फाल्नेले पाँच वर्ष किन खेर फालेको भन्ने कुराको जवाफ नदिईकन, पाँच वर्षका लागि माफी नमागीकन आज मञ्चमा उभिएर नेपाल कम्युनिस्ट पार्टीको नेता, नेपाल कम्युनिस्ट पार्टीभित्रका सबै घटकले र मूलतः नेपाल कम्युनिस्ट पार्टीभित्रको नेकपा एमालेको आजको अध्यक्षले पाँच वर्षमा एकपटक जनताको बीचमा उभिएर, मैले पाँच वर्षको लागि म्यान्डेट पाएको थिएँ, मैले चलाउन सकिनँ, यसको लागि मलाई क्षमा देऊ, मैले पाँच वर्ष संसद् चलाउन सकिनँ, मैले पाँच वर्षको अवसरलाई प्रयोग गर्न सकिनँ भन्ने कुराको क्षमा एकपटक नमागीकन, माफीको याचना नगरीकन जनताको बीचमा एक किसिमले भन्दा मत माग्ने नैतिक आधार पनि छैन भन्ने नेपाली कांग्रेसको ठम्याइ हो,’ महामन्त्री थापाले भने।