१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ बैशाख २२ बिहीबार १५:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँच वर्षमा ट्रेलर देखाइसक्यौँ, अब जितेपछि पूरै फिल्म देखाउँछौँ : रेनु दाहाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार १५:१७:oo

सत्तागठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाकी मेयर पदकी उम्मेदवार रेनु दाहालले विगतको कार्यकालमा आफूले टाउको झुकाउनु नपर्ने गरी काम गरेको दाबी गरेकी छन् ।  भरतपुरमा बिहीबार आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताका र प्रतिपक्षका अगाडि आँखामा आँखा जुधाएर भन्न सक्ने गरी काम गरेको बताएकी हुन्।

‘यो पाँच वर्षमा मैले साझा जनप्रतिनिधिको रूपमा काम गर्ने कोसिस गरेँ। पाँच वर्षमा हामी टाउको झुकाउनु नपर्ने गरी सीधा आँखाले जनता र प्रतिपक्षका अगाडि पनि आँखामा आँखा जुधाएर हामी भन्न सक्छौँ हामीले गर्व गर्नलायक ठाउँमा (भरतपुरलाई) पुर्‍याएका छौँ,’ उनले भनिन्।

त्यस्तै, उनले विगतमा समग्र भरतपुरका जनताको विकासमा आफूले ट्रेलर देखाइसकेको र निर्वाचित भएर आएपछि समग्र चलचित्र देखाउने बताइन्। ‘हामीले पाँच वर्षमा कास्टिङ देखाइसकेका छौँ, फेरि निर्वाचित भएर आयौँ भने हामी समग्र फिल्म  देखाउँछौँ,’ उनले भनिन्।