१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १९ सोमबार
  • Saturday, 29 June, 2024
२o७९ बैशाख १९ सोमबार १८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गिम्दीबाट सुरु गर्‍यो गठबन्धनले चुनावी प्रचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १९ सोमबार १८:५७:oo

बागमती गाउँपालिकामा गठबन्धनको साझा उम्मेदवारले चुनावी प्रचार गिम्दीबाट सुरु गरेका छन्। नेकपा माओवादी केन्द्रका बागमती अध्यक्ष महेन्द्र घिमिरेले दिएको जानकारीअनुसार आइतबार गिम्दीमा घरदैलो कार्यक्रम गरिएको छ।

'हामीले सकेसम्म सबै जनतालाई भेट्ने योजना बनाएका छौँ, यो पहिलोपटक सुरु गरिएको हो,' घिमिरेले भने, ' फेरि हामी घरदैलो पुग्छौँ।' गठबन्धनबाट बागमती पालिकामा अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्षमा माओवादी केन्द्रका नेता भक्तबहादुर दर्लामी उम्मेदवार छन्।

गठबन्धनले बागमतीका ७ वटै वडामा तालमेल गरेर वडाध्यक्ष र सदस्य पनि बाडफाँट गरेको छ। आइतबार आस्राङ हुँदै प्युटार आइपुगेको प्रचार टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहाल, नेपाली कांगेस केन्द्रीय सदस्य उदयशमशेर राणा, माओवादी केन्द्रका प्रदेश समिति सचिवालय सदस्य राजु आलेमगर, पालिका अध्यक्ष घिमिरे, जिल्ला नेता गोविन्दप्रसाद न्यौपाने कांग्रेस नेता रबिन्स शर्मालगायत जिल्ला र पालिका तहका नेताहरू सहभागी छन्।

सोमबार वडा नम्बर ४ प्युटारको सिम्ले पुगेको प्रचार टोली सोमबार दिउँसो माल्टा पुग्ने घिमिरेले बताए। 'प्रचार टोली सोमबार माल्टा पुग्छौँ, सबै वडा पुगेर फेरि नयाँ रणनीति बनाएर प्रचारमा खटिन्छौँ,' घिमिरेले भने।
 

ad
ad
ad
ad